Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानको चेतावनीपछि ट्रम्पले भने–उसको 'ब्ल्याकमेल' अब चल्दैन

इरानको चेतावनीपछि ट्रम्पले भने–उसको 'ब्ल्याकमेल' अब चल्दैन

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन्।

शनिबार ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्ने भनेर ब्ल्याकमेल गरेको दाबी गर्दै अब त्यस्तो तरिकाले काम नगर्ने बताए ।  
उनले भने–‘इरानले हर्मुज बन्द गरेर अमेरिकालाई अब ब्ल्याकमेल गर्न सक्दैन ।’

शुक्रबार इरानले स्ट्रेट अफ हर्मुज अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो। तर शनिबार नै फेरि इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले हर्मुजमा फेरि कडा नियन्त्रण कायम गरिएको दाबी गरेको थियो।

हर्मुज खुला गरे पनि अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाएका कारण आइआरजिसीले  हर्मुज पहिलेकै अवस्थामा ल्याइएको दाबी गरेको थियो। अमेरिकाले नाकाबन्दी नहटाए हर्मुजमा आवत जावत नै पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी थियो । 

ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानसँग राम्ररी कुराकानी भइरहेको पनि बताएका छन्।

यद्यपि इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ता अझै अनिश्चित रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले आइतबारसम्म इस्लामावादमा फेरि वार्ता हुन सक्ने बताउँदै आएका थिए। तर, इस्लामावादमा त्यसको तयारी नदेखिएको र इरानी अधिकारीहरू पनि तत्काल वार्ताका लागि तयार नभएको भनेर कतारी मिडिया अलजजिराले लेखेको छ।

ट्रम्पले बुधबारसम्म दीर्घकालीन सम्झौता गर्न इरानलाई चेतावनी दिएका छन्। गत बुधबार अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा भएको थियो। ट्रम्पले उक्त समयअवधि नबढाउने र युद्धविराम अवधिभित्रै सम्झौता नभए इरानमाथि फेरि बम खसाल्नुपर्ने अवस्था आएने बताएका छन्।

यसअघि इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले बन्दरगाहमा नाकाबन्दी गरिनु ‘गलत’ र ‘अविवेकी’ निर्णय भनेका थिए ।

इरानको सरकारी टीभीसँग कुरा गर्दै गालिबाफले भनेका छन्–‘मैले पहिले नै भनिसकेको छु–यदि यो नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेट मार्गमा आवतजावत नै निश्चित रूपमा बन्द गराइनेछ।’

गालिबाफले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकाले होर्मुज स्ट्रेटबाट खानी हटाउने प्रयास गरेपछि इरानले कडा विरोध गरेको बताएका छन् । 

गालिबाफले भनेका छन्–‘हामीले यसलाई युद्धविरामको उल्लंघन मानेका थियौँ र स्पष्ट रूपमा भनेका थियौँ–यदि त्यसो गरियो भने हामी आक्रमण गर्नेछौँ।’

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077