Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपकुलपतिहरूसँग प्रधानमन्त्रीले भने– अफ्ठ्यारोमा सरकारको तर्फबाट सहयोग रहन्छ

उपकुलपतिहरूसँग प्रधानमन्त्रीले भने– अफ्ठ्यारोमा सरकारको तर्फबाट सहयोग रहन्छ

'दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन'

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री बालेनले देशका ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका प्रमुखहरूसंग छलफल गरेका हुन् ।

छलफलमा बालेनले विश्वविद्यालयहरूमा देखिन सक्ने समस्या तथा चुनौतीका अवस्थामा सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।

छलफलमा सहभागी एक उपकुलपतिका अनुसार प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको कठिनाइ वा प्रशासनिक समस्यामा परेमा सहयोग गर्न सरकार तयार रहेको स्पष्ट गरेका थिए।

‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी ती उपकुलपतिले भने ।

उक्त बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूको वर्तमान अवस्था, व्यवस्थापकीय चुनौती र समन्वयात्मक सुधारका विषयमा समेत छलफल भएको जनाइएको छ। 

साथै प्रधानमन्त्रीले विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। 

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए ।

यसैगरी प्रतिष्ठानतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि सहभागी थिए ।

प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपति समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077