Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा माग्ने चार जना सिंहदरबारबाट पक्राउ

गृहमन्त्रीको राजीनामा माग्ने चार जना सिंहदरबारबाट पक्राउ

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने चार जना पक्राउ परेका छन् । 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर केही दिनअघि मात्रै गृहमन्त्री गुरुङले खरिद गरेको तथ्य बाहिरिएसँगै गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ।

यसअघि गृहमन्त्री गुरुङलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गर्दै ‘जेनजी मुभमेन्ट’  प्रहरी महानिरीक्षकसमक्ष उजुरी दर्ता गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077