Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीमाथि उठेका प्रश्नबारे एमालेले भन्यो- तत्काल उच्चस्तरीय छानविन गरियोस्

गृहमन्त्रीमाथि उठेका प्रश्नबारे एमालेले भन्यो- तत्काल उच्चस्तरीय छानविन गरियोस्

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं। नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको संलग्नता रहेका भनिएका प्रकरणहरूबारे तत्काल उच्चस्तरीय छानविन गर्न माग गरेको छ।

मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि उठेका गम्भीर प्रश्नहरूमाथि निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरेको हो।

गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न गरेको छैन, यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यहरू समेत उजागर गर्न सक्ने संकेत गरेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिको विषयमा प्रश्न उठ्नेबित्तिकै इमानदारितापूर्वक जवाफ दिने राजनीतिक संस्कारको विकास हुनुपर्छ । विज्ञप्तिमा भनिएको छ ।

एमालेले नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएसँगै नागरिक तहमा उब्जिएका प्रश्नहरूलाई स्वाभाविक भन्दै ती विषयमा थप बहस र छलफल आवश्यक रहेको बताएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्रीमाथि राजीनामाको दबाब बढ्दै गएको छ।

विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै गृहमन्त्रीसँग सम्बन्धित प्रकरणले थप सम्भावित अनियमितता र विसंगतिका पक्ष उजागर हुन सक्ने संकेतसमेत गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077