Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृह मन्त्रालयमा उच्चस्तरीय छलफल, कसलाई पक्राउ गर्ने तयारी हुँदैछ ?

गृह मन्त्रालयमा उच्चस्तरीय छलफल, कसलाई पक्राउ गर्ने तयारी हुँदैछ ?

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ उच्च सुरक्षा अधिकारीहरूसँग छलफलमा जुटेका छन्।

मन्त्रालय स्रोतका अनुसार गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायतसँग मन्त्रालयमै उच्चस्तरीय बैठक गरिरहेका हुन् ।

बैठकमा पछिल्लो समय सार्वजनिक भएका विभिन्न प्रकरणका फाइल खोल्ने र त्यससँग जोडिएका उच्च तहका व्यक्तिलाई कानुनी दायरामा ल्याउने विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ।

स्रोतका अनुसार “ठूला व्यक्तिसम्म पुग्ने” सम्भावित कारबाहीको तयारीसहित रणनीति बनाइँदैछ।

यसैबीच, बिचौलिया दीपक भट्ट सँगको व्यावसायिक साझेदारी सार्वजनिक भएपछि दबाबमा परेका गृहमन्त्री गुरुङले आफूविरुद्ध ‘मिडिया ट्रायल’ र ‘प्रायोजित हल्ला’ फैलाइएको दाबी गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले “राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू विरुद्ध कारबाही रोकिन्न, डगमगाइँदैन” भन्दै कडा सन्देश दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077