Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं प्रशासनले भन्यो- भोलि बिहानैदेखि घर टहरा भत्काइन्छ, अवरोध गरे कारबाही हुन्छ

काठमाडौं प्रशासनले भन्यो- भोलि बिहानैदेखि घर टहरा भत्काइन्छ, अवरोध गरे कारबाही हुन्छ

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी किनारका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन भनिएको छ ।

यदी सो समयमा घर टहरा खाली नगरिए शनिबार बिहानैदेखि भत्काइने रिजालले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ ।

यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ। 

'अवैध रुपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला ।  मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ,' जिल्ला प्रशासनले भनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077