काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सुझाव दिएका छन् ।
साम्पाङले प्रधानमन्त्री शाहलाई जनतालाई धेरै दुःख नदिन आग्रह गर्दै विकास र जनजीवन सुधारमा केन्द्रित हुन सुझाव दिएका हुन् ।
उनले आफ्नो पोस्टमा जीवन, सम्पत्ति र मानव अस्तित्वको क्षणिकताबारे उल्लेख गर्दै सबै अन्ततः माटोमै मिल्ने भन्दै विकासमै ध्यान दिनुपर्ने बताए ।
उनले लेखेका छन्, 'बालेन जी‘ तपाईँलाई मेरो सुझाव जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन१ सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ !'
साम्पाङले थप्दै बालेनलाई व्यक्तिगत वा राजनीतिक ‘झगडा’ भन्दा विकासको काममा केन्द्रित हुन आग्रह गरेका छन्। उनले लेखेका छन्, 'विकासमा लाग्नु! पुरानो जुङ्गाको फाइट छोड्नु! आजको मितिमा तपाईँकै जुङ्गा लामो छ! छोड्दिनु भो !'