काठमाडौं । काठमाडौंको गैरीधारा क्षेत्रको सुकुमबासी बस्ती खाली गरिएको छ ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो । हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ । आज नै थापाथलीस्थित सुकुमबासी बस्ती पनि भत्काइएको थियो ।
यसैगरी सिनामंगलस्थित सुकुमबनासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिँदै डोजर चलाउन सुरु गरेको छ ।
यता तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने काम भइरहेको छ । भने मनोहरास्थित सुकुमबासी बस्ती पनि भत्काउने तयारी छ ।
बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनिएको थियो।