Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना

काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना

आइतवार , बैशाख १३, २०८३

धादिङ । गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

दुर्घटना लगत्तै स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो।

घाइते सबैलाई तत्कालै नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ, र सबैको उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077