Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले भन्यो- संसद् स्थगित गरेर अध्यादेश ल्याउनु लोकतन्त्रको मर्यादाविपरित

कांग्रेसले भन्यो- संसद् स्थगित गरेर अध्यादेश ल्याउनु लोकतन्त्रको मर्यादाविपरित

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका हुन् ।

अध्यादेशमार्फत मुलुक चलाउने कार्यले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्ने उनको भनाइ छ ।

बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुराले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्ने उनको भनाइ छ ।

'एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन। जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ,' प्रवक्ता चालिसेले भने। 

उनले जनताको थलोका रूपमा रहेको संसदमा सबै विषय पारदर्शी रूपमा छलफल भएर त्यहीँबाट कानून निर्माण हुनुपर्नेमा जोड दिए ।

यता आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर, भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077