Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावी हारपछि खड्का भन्छन् - एकढिक्का भएर गएको भए ७० सिट आउथ्यो

चुनावी हारपछि खड्का भन्छन् - एकढिक्का भएर गएको भए ७० सिट आउथ्यो

'पार्टीको यो अवस्थाका मुख्य दोषी विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू हुन्'

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो निर्वाचनमा पार्टीको हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका छन् ।

मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजित आफ्नै समूहका नेताहरूको भेलामा समसामयिक राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै उनले यस्तो भनेका हुन् ।

उनले निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सकेको भए उल्लेख्य सिट प्राप्त हुने दाबी समेत गरेका छन् ।

खड्काले भने- 'निर्वाचनमा सिंगो पार्टी एकढिक्का भएर जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७० कांग्रेस आउथ्यो आज जे भोग्नुपर्‍यो देशले त्यो भोग्नुपर्ने थिएन ।'

खड्काका अनुसार पार्टी एक ढिक्का भएर चुनावमा सहभागी भएको अवस्थामा कम्तीमा ७० सिटसम्म जित्न सकिने सम्भावना थियो । 

यसैले उनले विशेष महाधिवेशनको अगुवाइ गर्ने नेताहरूलाई नै वर्तमान परिस्थितिको मुख्य जिम्मेवार ठहर गरेका छन् ।

उनले थप भने- 'चुनावमा नेपाली कांग्रेसको जुन दुर्गति भएको छ, पार्टीको यो अवस्थाका मुख्य दोषी विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै हुन् ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077