Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, आयोग अवैध भएको दाबी

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, आयोग अवैध भएको दाबी

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आयोग अवैध रहेको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवाल ले मंगलबार रिट दायर गरेका हुन् ।

सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न वैशाख ३ गते आयोग गठन गरेको थियो । उक्त आयोग राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठन गरिएको हो ।

रिटमा आयोगको गठन प्रक्रिया र अधिकारक्षेत्रमाथि प्रश्न उठाउँदै त्यसलाई तत्काल रोक लगाउन माग गरिएको छ । साथै उत्प्रेषणको आदेशमार्फत आयोग गठनको निर्णय खारेज गर्न र अन्तरिम आदेश जारी गर्न पनि निवेदकले माग गरेका छन् ।

आयोगमा सदस्यका रूपमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार उक्त रिटमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077