Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अध्यादेशबारे रास्वपाले भन्यो- झन्झट रहित आवश्यक सुधारको लागि हो, आशङ्का नगर्नूस्

अध्यादेशबारे रास्वपाले भन्यो- झन्झट रहित आवश्यक सुधारको लागि हो, आशङ्का नगर्नूस्

'कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धतिप्रति रास्वपा गम्भीर छ'

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ ।

विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका बेला बुधबार सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलपछि रास्वपाले यस्तो भनेको हो ।

बैठकपछि लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता मनिष झाले भने- 'पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो । अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर छ । '

पहिले अरुको दल विभाजन गर्न वा अरुलाई दुख दिन अध्यादेश ल्याइने गरेको समेत आरोप लगाउँदै आफूहरुले संविधानकै व्यवस्था अनुसार कसैलाई दुख दिन वा थुन्न नभएर आवश्यक सुधारका लागि ल्याइएको उनको दाबी छ ।

यता संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

आजै चार विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077