Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिटौलालाई हटाउने निर्णयप्रति खड्काको असन्तुष्टि, भने - यो हतारको कदम, शुभ संकेत होइन

सिटौलालाई हटाउने निर्णयप्रति खड्काको असन्तुष्टि, भने - यो हतारको कदम, शुभ संकेत होइन

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले असन्तुष्टि व्यक्त गरेका छन् । 

खड्काले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त निर्णयलाई “हतारमा गरिएको” र “शुभ संकेत नभएको” टिप्पणी गरेका हुन् ।

उनले पार्टीभित्र एकता आवश्यक रहेको ऐतिहासिक संवेदनशील घडीमा यस्तो कदम चालिनु चिन्ताजनक भएको बताए ।

उनका अनुसार सिटौलाजस्ता अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत पालना नगरी पूर्वजानकारीबिनै हटाइनु दुःखद र अस्वीकार्य छ।

'पार्टी एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै यस्तो निर्णय हुनु स्तब्ध बनाउने विषय हो,' खड्काले उल्लेख गरेका छन्।

यो घटनाले नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक समीकरण र नेतृत्व शैलीबारे नयाँ बहस सुरु गरेको छ।

१५औँ महाधिवेशनको तयारी चलिरहेका बेला यस्तो विवाद सार्वजनिक हुनु पार्टी एकताका लागि चुनौतीका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077