Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीवनको यात्रा अँध्यारोबाट उज्यालोतर्फ केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री शाह

जीवनको यात्रा अँध्यारोबाट उज्यालोतर्फ केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री शाह

'बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो'

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बुद्ध जयन्तीको अवसरमा मानव जीवनको यात्रा अँध्यारोबाट उज्यालोतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

२५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै मानव जीवनको यात्रा ज्ञानको खोज र समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् ।

अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।

'बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ। बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।  शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु,' उनले भनेका छन् ।

उनले बुद्धको जन्मभूमि नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै साँचो परिवर्तन ‘ज्ञान’ बाट सुरु हुने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077