Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं। काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिंग गुम्बा भत्काइएको छ ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।

उक्त गुम्बा २०७८ साल कात्तिक १३ गते दर्ता भएको थियो ।

तर आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन साङ्गे छोइलिंग गुम्बा भत्काइएको छ।

आज बिहानैदेखि बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम जारी छ ।

यसअघि थापाथलिस्थित सुकुम्बासी बस्ती, तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती र भक्तपूरस्थित मनोहरा क्षेत्रको बस्तीमा डोजर चलेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077