Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शंखमुलमा पनि चल्यो डोजर, बुद्धनगर बागमती छेउका घरधनीले गेटमै टाँसे लालपुर्जा

शंखमुलमा पनि चल्यो डोजर, बुद्धनगर बागमती छेउका घरधनीले गेटमै टाँसे लालपुर्जा

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । सरकारले काठमाडौंको शंखमुलस्थित पनि सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत घर–टहराहरू हटाउन सुरु गरेको छ ।

अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले उक्त क्षेत्रमा रहेका अवैध संरचनाहरूमा डोजर चलाएको हो ।

शंखमुलका विभिन्न स्थानमा मापदण्डविपरीत र विना अनुमति निर्माण गरिएका भौतिक संरचनाहरू भत्काइएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । 

यता आज बिहानैदेखि बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम जारी छ ।

यसैबीच सरकारले डोजर लगाएर संरचना भत्काउन थालेपछि बुद्धनगर बागमती नदी किनारका स्थानीयहरूले आफ्नो घर र जग्गाको वैधानिकता पुष्टि गर्ने प्रयास गरेका छन् ।

जसका लागि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भएका कतिपय घरधनीहरूले आफ्ना संरचना सुरक्षित राख्न घरको बाहिरी पर्खालमा लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।

यसअघि थापाथलिस्थित सुकुम्बासी बस्ती, तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती र भक्तपूरस्थित मनोहरा क्षेत्रको बस्तीमा डोजर चलेको थियो । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077