Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मैले फिट रहन तौल घटाएँ, मान्छेहरु चुनाव हारेपछि दुब्लायो भनेर गाला समात्छन्: गगन थापा

मैले फिट रहन तौल घटाएँ, मान्छेहरु चुनाव हारेपछि दुब्लायो भनेर गाला समात्छन्: गगन थापा

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा पराजयपछि पार्टीका नेता कार्यकर्ताहरुले धेरै चिन्ता गर्न थालेको भन्दै चिन्ता भन्दा चिन्तन गरेर अघि बढ्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनाव हार्दैमा पार्टी नसकिने भन्दै चिन्ता नगर्न आग्रह गरेका हुन् ।

चिन्ताले दुब्लाएको भन्दै मान्छेहरुले सहानुभूती देखाउने गरेको सुनाउँदै उनले भने- 'म यति दुख गरेर मेहनत गरेर हेल्थ इस्यू भएको हुनाले ६-८ महिना मेहनत गरेर १०–१२ किलो वेट ९तौल० घटाएर चिटिक्क परेर गएँ भन्ठानेको जसले भेटे पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो सकियो भनेको छ, तपाईँ चिन्ताले सकिनुभयो भनेको छ।'

थापाका अनुसार उनले आफ्नो स्वास्थ्य समस्याका कारण मिहिनेत गरेर १०/१२ किलो तौल घटाएका थिए । तर धेरैले भेट्दा बर्बाद भयो, सकियो भन्दै चिन्ता जताउने गरेको उनले गुनासो पोखेका छन् ।

यो चुनाव हारे पनि अर्को चुनावमा कांग्रेसले कमब्याक गर्ने उनको भनाइ थियो ।

उनले थप भने- 'अरे बाबा इलेक्सन आयो, भयो हारियो सकियो । सधैँ जितिन्छ भन्ने छ र रु यो भन्दा अघि थुप्रै जितियो अहिले हारियो फेरि पछि जितिन्छ नि त !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077