Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बल्खु–कालिमाटीपछि अनामनगरमा डोजरको प्रवेश

बल्खु–कालिमाटीपछि अनामनगरमा डोजरको प्रवेश

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान आइतबार पनि जारी रहने भएको छ ।

सरकारले शनिबार उक्त क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना भत्काएको थियो । आइतबार पनि अभियान निरन्तर रहने भएपछि बिहानैदेखि सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाइएको थियो, जसले ठूलो विवाद र बहस निम्त्याएको छ।

महानगर प्रहरीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभर सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077