Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको डोजर आतंकविरुद्ध बुटवल मोतिपुरका सुकुम्बासी सडकमा

बालेनको डोजर आतंकविरुद्ध बुटवल मोतिपुरका सुकुम्बासी सडकमा

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउने तयारीविरुद्ध स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् ।

बस्ती हटाउन डोजर प्रयोग गर्ने तयारीको विरोध गर्दै उनीहरूले सरकारको कदमप्रति कडा असन्तुष्टि जनाएका हुन् ।

स्थानीयहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’, ‘सामाजिक सञ्जालमा स्टाटस होइन, समस्या समाधान गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

मोतिपुर औद्योगिक क्षेत्रभित्र बसोबास गर्दै आएका बासिन्दाले पुनर्वासको ठोस योजना बिना बस्ती हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन् ।

स्थानीयका अनुसार अचानक जग्गा खाली गराउन निर्देशन आएपछि उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077