Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

विश्वकर्माले आज पार्टी सभापति गगनकुमार थापा समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा अध्यक्ष विश्वकर्माले पारिवारिक तथा स्वास्थ्यसम्बन्धी कारणले जिम्मेवारी निरन्तर निर्वाह गर्न असमर्थ भएको उल्लेख गरेका छन्। 

यद्यपी विश्वकर्माले संघका अन्य गतिविधिमा भने सक्रिय रहने जनाएका छन्।

उनीलाई २०८० असोज १३ गते तत्कालीन सभापति शेरबहादुर देउवा द्वारा नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरिएको थियो।

यसअघि नेपाली काँग्रेसकै भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि राजीनामा दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077