Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले भने - विद्यार्थी र कर्मचारी संगठन दलका 'स्लिपर सेल' हुन्

बालेनले भने - विद्यार्थी र कर्मचारी संगठन दलका 'स्लिपर सेल' हुन्

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारी संगठन दलका 'स्लिपर सेल' बनेको दाबी गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठन पेशागत हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको दाबी गरेका हुन् ।

उनले विद्यार्थी र कर्मचारी संगठनहरूले पेशागत हितभन्दा बढी राजनीतिक दलको प्रभावमा काम गरिरहेको दाबी गरे ।

'योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला तथा झण्डाको मूल्य बढाइँदा प्रणालीप्रति जनताको विश्वास कमजोर भएको छ,' प्रधानमन्त्री शाहले लेखेका छन्।

उनका अनुसार यही कारण शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने स्पष्ट निर्णय आवश्यक भएको हो।

प्रधानमन्त्री शाहले नयाँ व्यवस्था कसैको अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता बलियो बनाउने कदम भएको स्पष्ट पारेका छन्। उनका अनुसार अब सरकारी नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता मात्र हुनेछ।

उनले यो कदम कुनै विशेष दलविरुद्ध नभई राज्य प्रणालीलाई “दलगत कब्जाबाट संस्थागत मार्गमा लैजाने प्रयास” भएको बताएका छन्।

'परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामीले जे गर्छौं आमजनताको हितमा गर्छौं,' प्रधानमन्त्री शाहले भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077