Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज सुदूरपश्चिमका एमाले प्रदेश सांसदसँग छलफल गर्दै अध्यक्ष ओली

आज सुदूरपश्चिमका एमाले प्रदेश सांसदसँग छलफल गर्दै अध्यक्ष ओली

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् ।

सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग बिहान ११ बजे गुण्डुमा छलफल तय गरिएको हो । छलफलको मुख्य एजेन्डा प्रदेश संसदीय दलको नेतृत्व परिवर्तनसम्बन्धी विषय रहेको बताइएको छ।

यसअघि केही सांसदहरूले संसदीय दलको नेतृत्व परिवर्तनको मागसहित अध्यक्ष ओलीसँग भेट गरिसकेका थिए। त्यसपछि ओलीले सामूहिक छलफलपछि मात्रै निर्णय गर्ने संकेत दिएका थिए ।

आजको बैठकमा दलको वर्तमान नेतृत्वबारे समीक्षा हुने र सम्भावित नेतृत्व परिवर्तनको विषयमा निर्णय प्रक्रियालाई अगाडि बढाउने तयारी भएको बताइएको छ ।

पार्टीभित्र अहिले दलको नेताको दौड पनि तीव्र बनेको छ। उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद सुरेन्द्र पाललाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077