Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकी जहाजमाथि इरानी हमला, अमेरिकाद्वारा जवाफी आक्रमण

अमेरिकी जहाजमाथि इरानी हमला, अमेरिकाद्वारा जवाफी आक्रमण

शुक्रवार , बैशाख २५, २०८३

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ । अमेरिकाले इरानका सैन्य ठेगानामाथि आक्रमण गरेको दाबी गरेको छ भने इरानले अमेरिकी सैन्य जहाजमाथि जवाबी हमला गरेको जनाएको छ ।

डोनाल्ड ट्रम्प ले बुधबार साँझ इरानसँगको युद्ध छिट्टै अन्त्य हुने बताएका थिए । त्यसको केही समयपछि युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्ड (सेन्टकम) ले विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेट क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि इरानले क्षेप्यास्त्र, ड्रोन तथा साना नौकाबाट आक्रमण गरेको जनाएको हो।

सेन्टकमका अनुसार अमेरिकी नौसेनाका गाइडेड मिसाइल डिस्ट्रोयरहरू होर्मुज स्ट्रेट हुँदै ओमानको खाडी तर्फ गइरहेका बेला इरानी सैन्य बलले आक्रमण गरेको थियो। अमेरिकी सेनाले उक्त आक्रमणलाई रोकेर आत्मरक्षाका लागि जवाबी कारबाही गरेको दाबी गरेको छ।

अमेरिकाले इरानका केही सैन्य ठेगानालाई निशाना बनाइएको उल्लेख गरे पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यता इरानले भने अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले होर्मुज स्ट्रेटतर्फ जाँदै गरेको इरानी तेल ट्याङ्करमाथि हमला गरेपछि आफ्नो सैन्य बलले तुरुन्तै जवाबी कारबाही गरेको हो।

इरानले आफ्ना सशस्त्र बलहरूले अमेरिकी सैन्य जहाजमाथि आक्रमण गरी “ठूलो क्षति” पुर्‍याएको दाबी गरेको छ। यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077