काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएपछि भुमिगत जस्तै बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ आज एकाएक काठमाडौं दरबार स्क्वायरस्थित कालभैरव मन्दिरमा देखिएका छन् ।
उनले काल भैरव मन्दिर भित्र बसेर पूजा गरेको फोटो तथा भिडियो आज सामाजिक सञ्जालमा भाइरल भएका छन् । काल भैरम मन्दिरमा पूजा गर्दै गरेको भिडियो गुरुङ आफैले सामाजि सञ्जालमा हालेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विचौलिया दीपक भट्टसँग साझेदार गरेको आरोप लागेपछि गुरुङ राजीनामा दिन बाध्य भएका थिए ।
ठूलो रस्साकस्सीका साथ गृहमन्त्री बनेका गुरुङको पद एक महिना पनि टिक्न सकेन । २०८२ चैत १३ गते गृहमन्त्रीको पदभार ग्रहण गरेका गुरुङले २०८३ बैशाख ९ गते नै पदबाट राजीनामा दिएका थिए ।
गृहमन्त्री बनेलगत्तै नेपालको इतिहासमै पहिले पटक पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न सफल भएका उनी अन्ततः धेरै समय टिक्न सकेनन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा नेपाली जनता नै दुई धारमा बाँडिएका थिए ।
कतिपयले गुरुङको जयजयकार गरेका थिए भने कतिपयले ‘दुध उम्लिएपछि पोखिन्छ’ भन्दै कुरा काटेका थिए ।