Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो पटक संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिने

पहिलो पटक संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिने

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आज पहिलो पटक संसदको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यतालिका छ । 

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएकोक छ । 

बैठकमा प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गरेपछि छलफलले निरन्तरता पाउने छ।

छलफल सकिएपछि आजै प्रधानमन्त्री शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन्। सम्भावित कार्यसूची अनुसार आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

त्यसैगरी राष्ट्रियसभामा पनि बैठक आज दिउँसो १२ः१५ बजे सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। नीति तथा कार्यक्रमका पारित भएपछि यसैका आधारमा आर्थिक वर्ष २०८३/०८४ को बजेट जेठ १५ गते संसद्‍मा पेस हुनेछ। 

jawaf.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077