Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, के होला आजको संसद् बैठक ?

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, के होला आजको संसद् बैठक ?

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नदिने भएका छन् ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने उल्लेख छ । 

'सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनु हुनेछ,' कार्यसूचीमा भनिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि प्रधानमन्त्रीले नै उपस्थित हुनुपर्ने विपक्षीको माग थियो ।

विपक्षीले हिजो बैठकमा पटकपटक प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न सभामुखसँग आग्रह गर्दै सदन चल्न दिएका थिएनन् ।

विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजका लागि बैठक स्थगित गरेका थिए ।

आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077