Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागेपछि ज्ञानेन्द्र शाहीले भने- राजीनामा माग्नुपर्ने कारण छैन

हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागेपछि ज्ञानेन्द्र शाहीले भने- राजीनामा माग्नुपर्ने कारण छैन

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको बताएका छन्। 

शुक्रबार श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले एक विज्ञप्ति मार्फत प्रधानमन्त्री शाहले आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

अध्यक्ष साम्पाङले ४ कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले जवाफ स्वरुप यस्तो भनेका हुन्।

'माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ,' उनले फेसबुकमार्फत यस्तो भनेका छन् ।

उनले पुराना शक्तिहरूले ३५ वर्षसम्म देश लुटेको विरुद्धको लडाइँ गर्न  जनताले मतदान गरेर बालेनलाई प्रधानमन्त्री बताएको स्मरण गराएका छन् ।

'हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद् जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो,' उनले थप भनेका छन् ।

उनले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी भइदिन आग्रह गर्दै सबै मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077