Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

आईजीपी कार्कीको शब्द रहेको 'अब बन्छ मेरो देश' गीत सार्वजनिक

आईजीपी कार्कीको शब्द रहेको 'अब बन्छ मेरो देश' गीत सार्वजनिक

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीको शब्द रहेको गीत सार्वजनिक भएको छ । 

नेपाली प्रहरीको सम्बन्धमा रहेको ‘अब बन्छ मेरो देश’ बोलको गीतको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो ।

गीतमा दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ। गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुवेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतका कलाकारहरूले अभिनय गरेका छन्।

गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ।

यसअघि गत माघमा मात्रै आईजीपी कार्कीको शब्द रचना रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक भएको थियो ।

उक्त गीत जेनजी आन्दोलनको क्रममा उनले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयलाई गीतको माध्यमबाट उत्कृष्ट छायाङ्कनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तबरले प्रस्तुत गरिएको थियो ।

आईजीपी कार्कीको शब्द रचनामा बनेको नेपाली प्रहरीको सम्बन्धमा रहेको ‘फूलको बासना सरी बोलको गीत र मेरो करिमा लगायतका थुप्रै गीतहरु बजारमा छन् ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077