Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

५४ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

५४ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

आइतवार , जेठ ३, २०८३

कञ्चनपुर । कञ्चनपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

बेलौरी नगरपालिका–४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

५४ वर्षीया महिलालाई बोहराले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका बोहरामाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077