Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा भागेका भुजेल बलात्कार आरोपमा फेरि पक्राउ

जेनजी आन्दोलनमा भागेका भुजेल बलात्कार आरोपमा फेरि पक्राउ

सोमवार , जेठ ४, २०८३

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका एक कैदी पुनः पक्राउ परेका छन् ।

विक्रम भुजेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले पुनः नियन्त्रणमा लिएको हो । उनी रामेछाप नगरपालिका–१ क्षेत्रमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार भुजेलमाथि फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार गत वैशाख ३१ गते ती महिलामाथि जबरजस्ती करणी भएको सूचना स्थानीयवासीमार्फत प्रहरीसम्म पुगेको थियो।

घटनापछि भुजेल फरार रहेका थिए। पक्राउपछि उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्यादसमेत लिइएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077