वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई पर्साको वीरगन्जस्थित होटेल दियालो लर्ड्सबाट जरुरी पक्राउ पुर्जीका आधारमा केहीबेर अघि पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रखिएको छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नै अभियानअन्तर्गत कार्यक्रम गर्न वीरगन्ज पुगेका थिए।
उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई कार्यक्रमको पूर्वसन्ध्यामा नियन्त्रणमा लिइएको हो ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह र आईजीपी दान बहादुर कार्कीको बारेमा जथाभावी बोल्दै अशोभनीय टिप्पणी गरेको भिडियो टिकटकमा भाइरल बनेपछि उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले बतायो ।