Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काँकडभिट्टाबाट सुन र विदेशी मुद्रा सहित भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट सुन र विदेशी मुद्रा सहित भारतीय नागरिक पक्राउ

सोमवार , जेठ ४, २०८३

झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टा सीमा नाका क्षेत्रबाट ठूलो परिमाणमा सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल र मेची भन्सार कार्यालय को संयुक्त टोलीले विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठक रहेका छन्। उनी सिटी सफारीमार्फत नेपालतर्फ प्रवेश गर्दै गर्दा जाँचका क्रममा समातिएका हुन्।

उनको साथबाट ५७० ग्राम सुन, अमेरिकी डलर २० हजार, भारतीय रुपैयाँ ८५ हजार ४१० सहित विभिन्न महत्वपूर्ण सामग्री बरामद गरिएको छ।

त्यस्तै, भारतीय आधार कार्ड, दुई थान मोबाइल फोन, एक हार्ड डिस्क, एक बैंक चेक र सात थान सिमकार्डसमेत फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विष्णुप्रसाद भट्ट ले उनी नेपाल प्रवेशको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077