Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरी जागिर लगाइदिने भन्दै ठगी

प्रहरी जागिर लगाइदिने भन्दै ठगी

मंगलवार , जेठ ५, २०८३

बाँके । नेपाल प्रहरी को विभिन्न चरणका परीक्षामा उत्तीर्ण गराइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुल्ने कार्यमा संलग्न एक युवक बाँकेबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मण बिक रहेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१ गुराँसे निवासी ३० वर्षीय बिकले विभिन्न व्यक्तिलाई प्रहरी भर्नामा नाम निकालिदिने आश्वासन दिँदै रकम उठाएको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार, विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका विकमाथि ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ। यसका लागि बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति समेत लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077