Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुकुम्वासीलाई प्रतिपरिवार सरकारले २५ हजार दिने, बसोबास खर्च पनि तीन महिनासम्म व्यहोर्ने

सुकुम्वासीलाई प्रतिपरिवार सरकारले २५ हजार दिने, बसोबास खर्च पनि तीन महिनासम्म व्यहोर्ने

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रबाट हटाइएका परिवारलाई पुनर्स्थापना तथा बसोबास व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न राहत स्वरूप नगद सहायता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार पाँच सदस्यसम्म भएको परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँ बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ।

पाँचभन्दा बढी सदस्य भएका परिवारको हकमा थप प्रत्येक सदस्य बराबर दुई हजार रुपैयाँका दरले सहायता दिइने निर्णय गरिएको छ। उक्त सुविधा तीन महिनासम्म प्रदान गरिने सरकारको निर्णयमा उल्लेख छ।

त्यस्तै, वृद्ध, अशक्त तथा असहाय व्यक्तिहरूलाई सरकारले तोकेको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिनेछ।

बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवासुविधा स्थानीय तहसँग समन्वय गरेर सुनिश्चित गरिने पनि सरकारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077