काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सुकुम्बासीलाई तीन महिनाका लागि मासिक १५ हजार रुपैयाँ दिने सरकारको निर्णयलाई अमानवीय भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले बिना तयारी सुकुमबासी बस्ती हटाएर अस्थायी राहतको नाममा रकम १५ हजार दिने निर्णय गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘सरकारले सुकुम्बासीहरूलाई तीन महिनाका लागि १५–१५ हजार रुपैयाँ दिने भनेको छ । एक दिनको करिब १०० रुपैयाँले काठमाडौं आसपासमा बस्ने परिवार कसरी बाँच्न सक्छ रु यो अत्यन्त अमानवीय कदम हो ।’
५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए । सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर उनले प्रश्न गरेका छन् ।