Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा प्रतिनिधि सभाको बैठक जारी

सिंहदरबारमा प्रतिनिधि सभाको बैठक जारी

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी भएको छ। 

बैठक केहिबेर अघिदेखि सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको छ ।

आजको बैठकमा सरकारका तर्फबाट निर्वाचन र मतदाता नामावलीसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण विधेयकहरू संसद्मा पेस गर्ने मुख्य कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

उक्त अनुमति प्राप्त भए लगत्तै आजैको बैठकमा सो संशोधन विधेयक संसद्मा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

यसै गरी, मन्त्री गौतमले नै प्रधानमन्त्री तथा गृहमन्त्री साहको तर्फबाट ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक समेत सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। 

यी दुवै विधेयक संसद्मा पेस भएपछि आगामी निर्वाचन प्रणाली र मतदाता नामावली दर्ता प्रक्रियामा कानुनी सुधारका लागि संसदीय छलफलको बाटो खुल्नेछ।

यसैगरी बैठकमा अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

अर्थमन्त्री डा। वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077