Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अर्जुन नरसिंह केसीको प्रश्न- बालेन कुन टापुको सम्राट हुन् ?

अर्जुन नरसिंह केसीको प्रश्न- बालेन कुन टापुको सम्राट हुन् ?

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसद्को अङ्ग हो कि होइन भनेर प्रश्न गरेका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले  संसद्प्रति जवाफदेही नभएको प्रधानमन्त्री कुन टापुको नागरिक हुन् भन्दै प्रश्न गरेका हुन् । 

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले भने- 'सम्माननीय प्रधानमन्त्री स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है, उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अङ्ग हो ?' 

उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकिर पनि गरे।

उनले भने- 'सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ र विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने बेला अब उहाँ संसद् आउनुहुन्न ।'

विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री साह संसद्मा नआएकोमा नेता केसीले आपत्ति जनाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077