Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुखले कानुनीमन्त्रीलाई समय दिएपछि विपक्षी दलहरूको अवरोध

सभामुखले कानुनीमन्त्रीलाई समय दिएपछि विपक्षी दलहरूको अवरोध

'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम कार्यान्वयन नगरी संसद् चल्न सक्दैन'

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेस गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका हुन् ।

विपक्षीले उठेर विरोध जारी राखेपछि उनीहरूलाई सभामुख डोलप्रसाद अर्यालले समय दिएका थिए ।

त्यसपछि सभामुखले पुन: कानुनीमन्त्रीलाई समय दिएपछि उनीहरुले फेरी अवरोध जारी राखेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ अनुरूपको 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम नहुँदासम्म प्रतिनिधि सभा बैठक चल्न नसक्ने बताएका छन्। 

महरको भनाईमा श्रम संस्कृति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन जनाएका छन्। 

पटक-पटक सांसदलाई बस्न अनुरोध गर्दा नबसेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077