Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानले भन्यो - मध्यपूर्व संकट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य छ

इरानले भन्यो - मध्यपूर्व संकट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य छ

बिहिवार , जेठ ७, २०८३

एजेन्सी । इरानले अमेरिकासँग भइरहेको शान्ति वार्तामा आफ्नो मुख्य प्राथमिकता सबै मोर्चामा जारी युद्ध अन्त्य गर्नु रहेको स्पष्ट पारेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बाघाईले लेबनानलगायतका क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्नु अहिलेको प्रमुख लक्ष्य भएको बताएका छन्।

उनका अनुसार, “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो।”

उनले इरानका मुख्य मागहरू पनि सार्वजनिक गर्दै रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा लगाइएको कथित अवरोध हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही रोक्ने विषयलाई प्राथमिकतामा राखिएको बताए।

बाघाईले इरान वार्तामा गम्भीरता र राम्रो विश्वासका साथ सहभागी भइरहेको दाबी गर्दै अमेरिकालाई पनि इमानदार हुनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार विगत डेढ वर्षमा वाशिङ्गटनको इरानप्रतिको नीति असंगत भएकाले गहिरो अविश्वासको वातावरण बनेको छ।

“हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ,” उनले चेतावनी दिँदै वार्ता जारी राख्ने तर सतर्क रहने नीति अपनाइएको बताए।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची ले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग तेहरानमा भेटवार्ता गरेका छन्। नाक्वी यसै साता दोस्रो पटक इरान पुगेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077