Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओलीलाई राजीनामा दिन सुझाव दिँदै शाक्यले भनिन्- शास रहुन्जेल नेतृत्व गरिराख्न एमाले तपाईँको गुटको कम्पनी होइन

ओलीलाई राजीनामा दिन सुझाव दिँदै शाक्यले भनिन्- शास रहुन्जेल नेतृत्व गरिराख्न एमाले तपाईँको गुटको कम्पनी होइन

'यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनुहोस्'

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न सुझाव दिएकी हुन्।

'कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ । एमाले लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईँ को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ,' उनले भनेकी छन् ।

पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्।

शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्। 

साथै उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिन पनि सुझाव दिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077