Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठमेलमा अश्लील हर्कत गर्ने पाँच विदेशी महिला पक्राउ

ठमेलमा अश्लील हर्कत गर्ने पाँच विदेशी महिला पक्राउ

सोमवार , जेठ ११, २०८३

काठमाडौं । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलाप तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले युगाण्डाका पाँच जना नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा नेपाली पर्यटक तथा सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील व्यवहार गर्दै मोलमोलाइ गर्ने गतिविधि भइरहेको भन्ने सूचनापछि प्रहरी परिचालन गरिएको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई सम्झाइबुझाइ गर्न खोज्दा उल्टै ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज तथा धक्कामुक्का गरेको प्रहरीले जनाएको छ। त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराई ले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077