Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुशीला, ओमप्रकाश, गौरीबहादुर र सुधनमाथि जेनजी आन्दोलन दुरुत्साहनमा छानबिन गर्न सिफारिस

सुशीला, ओमप्रकाश, गौरीबहादुर र सुधनमाथि जेनजी आन्दोलन दुरुत्साहनमा छानबिन गर्न सिफारिस

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न व्यक्तिहरूमाथि जेनजी आन्दोलन दुरुत्साहनमा सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ । 

मंगलबार बसेको निर्णय बुधबार सार्वजनिक गर्दै आयोगले पूर्व प्रधानमन्त्री  कार्कीसहित तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ।  

जेनजी आन्दोलनको प्रदर्शन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन भए/नभएको विषयमा निष्कर्षमा पुग्न सूक्ष्म अनुसन्धानका निम्ति सिफारिस गरिएको हो ।

'भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहेरनरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भएरनभएको वा सोकं दुरुत्साहन भएरनभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आमनागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हकअधिकारको सुनिश्चिततसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न,' आयोगले भनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077