Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानको सैन्य अखडामा अमेरिकाले गर्‍यो आक्रमण

इरानको सैन्य अखडामा अमेरिकाले गर्‍यो आक्रमण

बिहिवार , जेठ १४, २०८३

एजेन्सी । इरान र अमेरिकाबिच जारी तनावका बिच अमेरिकी सेनाले इरानमा फेरि हवाई हमला गरेको छ । अमेरिकी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने बन्दरगाह सहर बन्दर अब्बासस्थित एक सैन्य स्थललाई निशाना बनाएर हमला गरेको हो ।

तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो। यस नयाँ द्वन्द्वले दुई देशबिच भर्खरै भएको कमजोर युद्धविरामलाई फेरि संकटमा पारेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्कम) का अनुसार हर्मुज जलडमरू आसपास खतरा पैदा गरिरहेका इरानका चारवटा ुवान(वेु आत्मघाती ड्रोनहरूलाई अमेरिकी फौजले खसालेका छन्। बन्दर अब्बासको सैन्य साइटबाट पाँचौँ ड्रोन प्रक्षेपण गर्नै लाग्दा अमेरिकाले त्यहाँ बमबारी गरेको सेन्कमले जनाएको छ। उता, इरानी सञ्चारमाध्यमहरूले पनि बन्दर अब्बास सहरको पूर्वी क्षेत्रमा ठुला विस्फोटका आवाजहरू सुनिएको पुष्टि गरेका छन्।

अमेरिकाले यो आक्रमण विशुद्ध आत्मरक्षाका लागि र आफ्ना सैनिकहरूको सुरक्षाका लागि गरिएको दाबी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077