Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिका–इरानबीच ६० दिने युद्धविराम सहमतिको दाबी, ट्रम्पको अन्तिम निर्णय बाँकी

अमेरिका–इरानबीच ६० दिने युद्धविराम सहमतिको दाबी, ट्रम्पको अन्तिम निर्णय बाँकी

शुक्रवार , जेठ १५, २०८३

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच ६० दिनको युद्धविराम सम्झौतामा सहमति भएको दाबी गरिएको छ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसको रिपोर्टअनुसार अहिले उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति दिन मात्र बाँकी रहेको बताइएको छ।

रिपोर्टका अनुसार दुई देशबीच एक समझदारीपत्र (एमओयू) मा सहमति जुटेको छ। उक्त समझदारीको मुख्य उद्देश्य युद्धविरामलाई दीर्घकालीन बनाउनुका साथै इरानको आणविक कार्यक्रमबारे औपचारिक वार्ता सुरु गर्नु रहेको छ।

यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौताबारे अन्तिम निर्णय लिन केही दिन समय मागेका छन् भने इरानले पनि हालसम्म आधिकारिक रूपमा सम्झौताको पुष्टि गरिसकेको छैन।

प्रस्तावित सम्झौताअनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा समुद्री ढुवानी निर्बाध रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ। साथै इरानले ३० दिनभित्र समुद्री खानी हटाउनुपर्ने र जहाजहरूबाट कुनै अतिरिक्त शुल्क नलिने सहमति भएको जनाइएको छ।

यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दी क्रमशः हटाउने तथा इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्धमा राहत दिने विषयमा छलफल गर्ने तयारी गरेको छ।

सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ। प्रारम्भिक ६० दिनभित्र उच्चस्तरीय युरेनियम संवर्धन तथा अत्यधिक समृद्ध युरेनियमको व्यवस्थापनबारे विस्तृत वार्ता हुने उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077