Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

मंगलवार , श्रावण १२, २०८३

चितवन। चितवनको इच्छाकामना गाउँपालिकास्थित खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

मंगलबार बिहान करिब ८ः३० बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बन्द हुँदा दुवैतर्फ सयौं सवारीसाधन रोकिएका थिए भने यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका थिए।

पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा डोजर परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको थियो। 

निरन्तरको प्रयासपछि सडक दुवैतर्फबाट सञ्चालनमा आएको हो । 

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ भने यातायात सेवा क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

साथै, प्रहरीले वर्षायामका कारण यस सडकखण्डमा पुनः पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसम तथा सडकको अवस्थाबारे अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077