Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोनाको प्रभाव

    सुटिङ रोक्न चलचित्र निर्माता संघको आग्रह

    सुटिङ रोक्न चलचित्र निर्माता संघको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको अहिले विश्वलाई नै त्रसित बनाइरहेको छ । यो भाइरस विश्वका ८० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । यसको त्रास नेपालमा समेत बढेको छ । नेपालमा कोरोना भाइरसको त्राससँगै यसबाट बच्न आवश्यक सतर्ककता गरिँदै छ ।

    नेपाल सरकारले यसबारे चासो देखाएपछि विभिन्न संघसंस्थाले तोकिएका विभिन्न कार्यक्रम तथा गोष्ठीहरु स्थगित गर्न थालेका छन् । यसैक्रममा चलचित्र क्षेत्रलाई कोरोना भाइरसको प्रभाव नपर्ने भन्ने छैन । त्यसैले यो भाइरसबाट बच्न नेपाल चलचित्र निर्माता संघले कुनै कार्यक्रम तथा गोष्ठी नगर्न आग्रह गरेको छ ।



    संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा कोरोनाको जोखिमबाट बच्न र सतर्कता अपनाउन चलचित्रको सम्पूर्ण छाया“कन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गर्न अनुरोध गरिएको छ । सरकारले यसअघि नै अत्यावश्यक कामबाहेक घरबाहिर नजान आग्रह गरिसकेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार