Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पूर्व मिस नेपाल खड्गीद्धारा ‘डिभोर्स’ गर्ने निर्णय

    पूर्व मिस नेपाल खड्गीद्धारा ‘डिभोर्स’ गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 3.6K
    SHARES

    काठमाडौं । सन् २००० कि मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् ।

    उनले आफ्नो फेसबुकमा स्टेटस लेख्दै पति एवम् सञ्चारकर्मी जीपी तिमिल्सिनासँगको बैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको जनाकारी गराएकी हुन् ।



    उक्त स्टेटसमा उनले एक टेलिभिजनसँगको कुराकानीको भिडियो फुटेज पनि राखेकी छन् । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।



    उनले भनेकी छन्–‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,।’

    जीपी र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो भने २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो ।

    अन्तर्जातीय विवाह भएका कारण पनि उनीहरुको सम्बन्ध पहिलेदेखि नै खासै राम्रो नभएको नजिकका आफन्तहरु बताउँछन् ।

    नेपाल  टेलिभिजनमा प्रशारण हुने एक कार्यक्रम सञ्चालनका क्रममा नजिकएका उनीहरूकाे  १७ वर्षअघि  विवाह भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार