Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अर्को साताबाट ५ रुपैयाँमा पाइन्छ मास्क

    अर्को साताबाट ५ रुपैयाँमा पाइन्छ मास्क

    यो व्यवसायिक प्रयोजन नभइ विशुद्ध सामाजिक सेवा हो : मल्होत्रा

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको नोबेल कोरोना भइरसको संक्रमणका कारण नेपालमा माक्स हाहाकार भएपछि आइएमएस ग्रुपले त्यसको उत्पादन गर्ने भएको छ ।

    कालोबजारीका कारण बजारमा माक्स अभाव भइरहेका बेला आइएमएस ग्रुपले भने पाँच रुपैयाँमै मास्क वितरण गर्न लागेको हो ।



    सामसुङ मोवाइलको नेपालस्थित आधिकारिक विक्रेता एवम् कोरियन साङयोङ गाडीको विक्रेता आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ मास्क ल्याउने भएको हो ।



    आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले आगामी साताको पहिलो दिनदेखि नै बजारमा माक्स वितरण गर्ने तयारी गरेको बताए ।

    मंगलबार माक्स बनाउने मेशिन भैरहवा भन्सारबाट छुटिसकेको बताउँदै उनले आइतबारदेखि नै बजारमा मास्क आउने बताए ।

    भारतबाट ल्याइएको उक्त मेशिनबाट दैनिक ७० हजार माक्स उत्पादन हुने बताउँदै अध्यक्ष मल्होत्राले माक्सका लागि आवश्यक कच्चा पदार्थ भने नेपालमै भएको र त्यसको व्यवस्था मिलाइसकेको बताए ।

    यद्यपी मास्कमा राख्ने इलाष्टिक र भित्रको फिल्टर पेपर नेपाली बजारमा नभएकाले आइएमएसले त्यसको व्यवस्था मिलाइसकेको मल्होत्रा बताउँछन् ।

    ललिपुरको लुभुमा रहेको गोथेरा क्लोेथिङ प्राइभेट लिमिटेडबाट माक्स उत्पादन गर्ने तयारी आइएमएसले गरेको छ ।

    व्यवसायिक प्रयोजनले नभइ विशुद्ध सामाजिक भावनाले मास्क उत्पादन गर्न लागेको बताउँदै अध्यक्ष मल्होत्राले भने–‘एउटा माक्स उत्पादन गर्न कष्ट अफ प्रडक्सन नै ७ रुपैयाँ पर्छ । मैले उपभोक्तालाई ५ रुपैयाँमा माक्स उपलब्ध गराउँदै छु । औषधि व्यवसायी संघले माक्स बिक्री गर्न मागेको छ । उनीहरूलाई भने उनले प्रति माक्स ७ रुपैयाँ (उत्पादन मूल्य) मा उपलब्ध गराउने छन् ।

    उपभोक्ताले आइएमएसले सञ्चालन गरेको नेपालभरका ३१ वटा मोबाइल शोरुम तथा सेलपेबाट पैसा भुक्तानी गरेर ५ रुपैयाँमा माक्स किन्न सक्नेछन् । सेलपे डिजिटल पैसा भुक्तानी गर्ने एक प्रणाली हो । यो वालेट होइन सिधै बैंक खाताबाट चलाउने हो । २७ वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकमा सेलपे सिष्टम सञ्चालनमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार