Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीनमा कोरोना संक्रमित बिरामीकाे संख्या निकाे हुनेमा बढ्दै

    चीनमा कोरोना संक्रमित बिरामीकाे संख्या निकाे हुनेमा बढ्दै

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.9K
    SHARES

    बेइजिङ : विश्वभर फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनमा पछिल्लाे समय यसको प्रभाव घटिरहेको छ । आइतबार मात्रै ४५९ जना संक्रमित उपचार गरी अस्पतालबाट डिस्चार्ज भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ ।

    चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किसकेका छन् । सिन्ह्वाका अनुसार आइतबारसम्म ७२, ७०३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।



    हालसम्म चीनमा ८१,,०९३ कोरोना संक्रमित भेटिएको सिन्ह्वाले जनाएको छ। यस भाइसरको संक्रमणबाट आइतबारसम्म चीनमा ३२७० जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले पुष्टि गरेको छ। यो संख्या कुल संक्रमितको करिब ४ प्रतिशत हो । ५ हजार हाराहारी संक्रमित अझै उपचाररत छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार